Monday 22nd December 2025

ट्याक्सीको पैसा नतिरि पर्खाल नाघेर भागेका सलमानलाई वर्षौंपछि त्यही ड्राइभरले भेटेपछि भयो यस्तो !

7 years अगाडी

एजेन्सी । अहिले सलमान खानको कुनै पनि फिल्मसे सय करोड सजिलै कमाउँछ । तर उनको जीवनमा एक समय यस्तो पनि थियो जब उनको खल्तीमा पैसा नै थिएन । आफ्नो रियालिटी शो दस का दममा उनले आफ्नो जीवनको यस्तो घटना सुनाए जसलाई सुनेर दर्शकले विश्वासै गर्न सकेनन् ।

सलमानले बताएअनुसार जब उनी कलेजमा पढ्थे त्यतिबेला उनी ट्याक्सीमा आउने जाने गर्थे । लोकल ट्रेनमा अत्याधिक भीड हुने भएकोले उनी ट्रेनमा सफर गर्दैनथे । उनको घर दक्षिण मुम्बइमा थियो । एक दिन उनले घर जानको लागि ट्याक्सी लिए । जब उनी घरनजिकै पुगे त्यसपछि बल्ल उनले ख्याल गरे कि उनको खल्तीमा पैसा नै छैन । उनले घरनजिकै पुगेर ट्याक्सी रोके र ड्राइभरलाई घरबाट पैसा लिएर आउँछु भनेर भित्र गए ।

भित्र गएपछि सलमान पैसा लिएर गएनन् बरु पछाडिको पर्खाल नाघेर भागे । उता ट्याक्सी ड्राइभर भने उनलाई पर्खिरहेका थिए । सलमान नआएपछि ड्राइभर त्यत्तिकै फर्किए । कलेज पास गरेपछि सलमान मोडलिङ गर्न थाले । उनले विज्ञापनमा काम गर्न थाले । यही क्रममा एक दिन उनले घर जानको लागि ट्याक्सी बुक गरे ।

भाग्यको खेल यस्तो भइदियो कि उनले जुन ट्याक्सी बुक गरेका थिए त्यसको ड्राइभर उही पुरानो ड्राइभर थिए जसको पैसा नतिरेर सलमान भागेका थिए । जब ट्याक्सी उनको घर दक्षिणी मुम्बइ पुग्यो ड्राइभरले उनलाई चिने र वर्षौं पुरानो घटना याद दिलाए । त्यसपछि सलमानले पुरानो बाँकी १ सय तिर्नुपर्नेमा उनलाई हजार रुपैयाँ दिए ।

          July 26, 2018 7:17 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...