

इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको इजरायलको घोषणा

इजरायलले इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको घोषणा गरेको छ । राजधानी तेहरान आसपासका इरानी सैन्य क्षेत्रलाई लक्षित गरी हवाइ आक्रमण गरेको इजरायलले इरानमाथिको जबाफी कारबाही तत्कालका लागि रोकिएको घोषणा गरेको बीबीसीले जनाएको छ ।
तत्कालका लागि आक्रमण सकिएको तर इरानले पुन आक्रमणको प्रयास गरे इजरायल त्यसको जबाफ दिन पनि तयार रहेको पनि इजरायली अधिकारीहरूले बताएका छन् । आक्रमणमा प्रयोग भएका विमानहरु सुरक्षित रूपमा घर फर्किएका पनि इजराइली डिफेन्स फोर्सले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तीमा इजरायली सैनिकका प्रवक्ता ड्यानियल हगारीले आफुहरुलाई धम्की दिने र क्षेत्रीय तनाव बढाउन खोज्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । आजको आक्रमणलाई इजराइलले अक्टोबर १ तारिखमा इरानले गरेको आक्रमणको जबाफ भनेको छ । अक्टोबर १ मा इरानले एक सय ८० वटाभन्दा बढी मिसाइलले इजरायलमाथि आक्रमण गरेको थियो ।
यसैबीच इजरायलले गरेको धेरैजसो आक्रमण आफ्नो प्रतिरक्षा प्रणालीले निस्तेज पारिदिएको इरानले बताएको छ । इरानको सरकारी समाचार संस्थाले तेहरान, खुजेस्तान र इलामलगायतका ठाउँमा सामान्य क्षति भएको बताएको छ । इजरायल इरानसँगै गजामा हमास र लेबनानमा हिजबुल्लाहसँग लडाइँ गरिरहेको छ । उज्यालो
October 26, 2024 5:12 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

