एनपीएल : कर्णालीले काठमाण्डाैलाई दियाे १ सय ५० रनकाे लक्ष्य, धवनकाे अर्धशतक
11 months अगाडी
manoj Thapa
काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले काठमाण्डाै गुर्खाजलाई १ सय ५० रनकाे लक्ष्य दिएकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायाे । कर्णालीका शिखर धवनले नटआउट ७२ रन बनाए । प्रतियाेगिताकाे पहिलाे अर्धशतक बनाउने क्रममा धवनले ५१ बलमा ५ छक्का र ४ चाैका प्रहार गरे । काठमाण्डाैका गेरहार्ड इरस्मसले २ विकेट लिए ।
दुवै टाेली आज पहिलाे जीतकाे खाेजीमा छन् । कर्णाली पहिलाे खेलमा जनकपुर बाेल्ट्ससँग पराजित भएकाे थियाे भने काठमाण्डाै चितवन राइनाेजसँग पराजित भएकाे थियाे ।
एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो १ बजे विराटनगर किङ्ग्स र लुम्बिनी लायन्स खेल्दैछन् । विराटनगर यसअघिका दुई वटै खेलमा पराजित भएको छ भने लुम्बिनीको यो पहिलो खेल हो । उज्यालो
December 4, 2024 12:15 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...