

दाङमा झण्डै २५ केजी चरेससहित तीन जना पक्राउ

दाङ – दाङको घोराहीबाट २४ केजी सात सय ९० ग्राम चरेससहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्यूठानको स्वर्गद्धारी नगरपालिका – २ का ३९ वर्षीय निमबहादुर आले र नौंबहिनी गाउँपालिका – २ की २१ वर्षीया देउकली बुढा मगर र रोल्पाको त्रिवेणी गाउँपालिका – ७ का २९ वर्षीय प्रकाश घर्ती मगर पक्राउ परेका छन् ।
प्रतिबन्धित लागु औषध चरेसको अवैध ओसार पसार र बिक्रीमा लागेको आशङ्का गरिएकी रोल्पाकी एक महिलाको खोजी भई रहेको छ ।
घोराही उपमहागरपालिका –१३ सिर्जनशिल टोलका कुलबहादुर बस्नेतको घरको तल्लो तला खान तलासी गर्ने क्रममा ठूलो परिमाणमा चरेस बरामद भएको हो । जहाँ प्यूठानका निमबहादुर आले र देउकली बुढा मगर भाडामा बस्दै आएका थिए ।
उनीहरुले संयुक्त रुपमा प्रयोग गर्दै आएको भान्सा कोठाभित्र प्लास्टिकको ड्रममा विभिन्न पोकाहरु बनाइ राखेको अवस्थामा २४ किलो सात सय ९० ग्राम चरेस बरामद भएको थियो । रोल्पाका प्रकाश भने छुट्टै ठाउँमा कोठा भाडामा बस्दै आएको खुलेको छ । पक्राउ परेकाहरु बीच आपसी नातासम्बन्ध रहेको प्रहरीले जानकारी दिएको छ ।
दाङका प्रहरी प्रवक्ता डीएसपी इश्वर थापा नेतृत्वको टोलीले हिजो राति उनीहरुको कोठा खानतलासी गर्दा प्रतिबन्धित चरेस बरामद गरेको थियो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । उज्यालो
January 9, 2025 4:46 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

