दाङमा झण्डै २५ केजी चरेससहित तीन जना पक्राउ
दाङ – दाङको घोराहीबाट २४ केजी सात सय ९० ग्राम चरेससहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्यूठानको स्वर्गद्धारी नगरपालिका – २ का ३९ वर्षीय निमबहादुर आले र नौंबहिनी गाउँपालिका – २ की २१ वर्षीया देउकली बुढा मगर र रोल्पाको त्रिवेणी गाउँपालिका – ७ का २९ वर्षीय प्रकाश घर्ती मगर पक्राउ परेका छन् ।
प्रतिबन्धित लागु औषध चरेसको अवैध ओसार पसार र बिक्रीमा लागेको आशङ्का गरिएकी रोल्पाकी एक महिलाको खोजी भई रहेको छ ।
घोराही उपमहागरपालिका –१३ सिर्जनशिल टोलका कुलबहादुर बस्नेतको घरको तल्लो तला खान तलासी गर्ने क्रममा ठूलो परिमाणमा चरेस बरामद भएको हो । जहाँ प्यूठानका निमबहादुर आले र देउकली बुढा मगर भाडामा बस्दै आएका थिए ।
उनीहरुले संयुक्त रुपमा प्रयोग गर्दै आएको भान्सा कोठाभित्र प्लास्टिकको ड्रममा विभिन्न पोकाहरु बनाइ राखेको अवस्थामा २४ किलो सात सय ९० ग्राम चरेस बरामद भएको थियो । रोल्पाका प्रकाश भने छुट्टै ठाउँमा कोठा भाडामा बस्दै आएको खुलेको छ । पक्राउ परेकाहरु बीच आपसी नातासम्बन्ध रहेको प्रहरीले जानकारी दिएको छ ।
दाङका प्रहरी प्रवक्ता डीएसपी इश्वर थापा नेतृत्वको टोलीले हिजो राति उनीहरुको कोठा खानतलासी गर्दा प्रतिबन्धित चरेस बरामद गरेको थियो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । उज्यालो
January 9, 2025 4:46 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै