अमेरिकाको क्यालिफोर्नियामा भइरहेको आगलागी थप फैलने चेतावनी
अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा भइरहेको आगलागी फेरी तिब्र गतिमा फैलन सक्ने भन्दै चेतावनी जारी भएको छ । अमेरिकाको मौसम सेवा विभागले चेतावनी जारी गर्दै रिहायसी इलाकामा आगलागी तिबै गतिमा फैलन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।
आगो निभाउनका लागि हेलिकोप्टरबाट पानी र आगो निभाउने ग्यास खन्याउने काम भइरहेपनि रोक्न नसकिएको अमेरिकाको हवाइ सेनाले जनाएको छ । क्यालिफोर्नियाका सात वटा छिमेकी अमेरिकी राज्य सहित क्यानडा र मेक्सिकोबाटसमेत आगो निभाउन सहयोग भइरहेको छ । प्रशासनले स्थानीयबासिन्दालाई घरबाट बाहिर ननिस्कन भनेको छ ।
लस एन्जसलमा इतिहासकै खराब आगलागी भइरहेको छ । अहिलेसम्म ११ जनाको ज्यान गइसकेको छ । शहरका हजारौँ संरचना जलेर नष्ट भइसकेका छन् । सुख्खापन र तीब्रगतिको हावाले गर्दा आगो निभाउन निकै सकस परिरहेको छ । लाखौँ मानिस घर छाडेर भागेका छन् । आगलागीका कारण विषाक्त धुँवा र हावा फैलिएपछि लस एन्जलस काउन्टीमा स्वास्थ्य आपतकालको घोषणा भएको छ । उज्यालो
January 12, 2025 4:51 pm | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी