अमेरिकी सामानमा चीनको जवाफी आयात शुल्क लागू
चीनले केही अमेरिकी सामानमा तोकेको आयात कर आजदेखि लागू भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १० प्रतिशत कर लगाएपछि त्यसको जवाफमा चीनले पनि केही अमेरिकी सामानमा थप करको घोषणा गरेको थियो । चीनले फेब्रुअरी ४ तारिखमा यस्तो योजना घोषणा गरेको थियो ।
अमेरिकी सामानमा लगाइने चीनको पछिल्लो आयात शुल्कमा अमेरिकी कोइला र लिक्विफाइड प्राकृतिक ग्यास उत्पादनका आयातमा १५ प्रतिशत सीमा कर रहेको छ । यस्तै अमेरिकी कच्चा तेल, कृषि मसिनरी र ठूला इन्जीनका कारहरूमा १० प्रतिशत आयात शुल्क लगाएको छ ।
यस्तै चीनले २५ वटा दुर्लभ धातु निर्यातमा नियन्त्रण गरेको छ । तीमध्येका केही कैयौँ विद्युतीय उत्पादन र सैन्य उपकरणका लागि नभइ नहुने सामग्री हुन् । चीनले अघिल्लो हप्ता अमेरिकी प्रविधि कम्पनी गुगलको एकाधिकार विरुद्धमा अनुसन्धान पनि शुरु गरेको छ ।
यसैबीच आज अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्ले जुनसुकै देशबाट अमेरिका भित्रने स्टील र अल्मुनियममा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । यसले अमेरिका–चीन व्यापारमा थप असर गर्नेछ । चीन विश्वका प्रमुख स्टील र अल्मुनियम उत्पादक देशहरुमध्ये एक हो । उज्यालो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत