९ महिनादेखि अन्तरिक्षमा फसेका २ जनालाई लिन गएको रकेट भोलि बिहान सबेरै पृथ्वीमा आइपुग्ने
नौ महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विल्मोर भोलि बिहान सबैरै पृथ्वीमा आइपुग्ने भएका छन् ।
सुनिता र बुचलाई बोकेको स्पेसएक्स रकेट स्थानीय समयानुसार ५ बजेर ५ मिनेटमा स्टेशनबाट पृथ्वीका लागि अलग भएको बीबीसीले जनाएको छ । उनीहरूलाई पृथ्वीमा फर्किन १७ घण्टा लाग्ने र नेपाली समयानुसार भोलि बिहान पौने ४ बजेतिर अमेरिकाको फ्लोरिडाको तटमा अवतरण गर्ने खबरमा उल्लेख छ ।
यो रकेटमा अमेरिकी निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जान्डर गोर्बुनोभ पनि सामेल छन् । सुनिता र बुच आठ दिनका लागि भनेर अघिल्लो वर्षको जुन ५ मा स्पेस स्टेशन गएका थिए । उनीहरू बोइङ र नासाको संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’ मा गएका थिए । तर स्पेस क्राफ्टमा प्राविधिक त्रुटि आएपछि उनीहरू पछिल्लो नौ महिनादेखि अन्तरिक्षमै रोकिएका थिए ।
यसअघि उनीहरूको फिर्तीका लागि प्रक्षेपण गर्न खोजिएको फाल्कन–९ अन्तिम समयमा स्थगित गरिएको थियो । सुनिता र बुचसहित चार जना फर्किएसँगै उनीहरूको ठाउँमा यसअघि स्पेसएक्ससँगै गएका रुस र जापानका एक/एक तथा अमेरिकाका दुई गरी चार जना नयाँ अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा छन् । उज्यालो
March 19, 2025 1:37 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन
देशभर उत्साहपूर्वक उम्मेदवारी दर्ता चल्दै (तस्वीरहरू)
नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा जय आले निर्विरोध
काठमाण्डाै महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
नगद कारोबारमा आजदेखि ५ लाखको सीमा लागू
सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो
राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ
कुवेत – मगर सँघ कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन १६ जनवरी २०२६, मा हुने भएको छ ।