पशुपतिमा किरिया बस्न कोठा पाउनै मुस्किल
काठमाडौँ, ११ साउन । पशुपति राजराजेश्वरीस्थित किरियापुत्री घरमा किरिया बस्नका लागि कोठा पाउनै मुस्किल छ । किरियापुत्री घर व्यवस्थित त छ तर माग अनुसार पर्याप्त छैन ।
आर्यघाटका ११ परम्पराका चिता र दुई विद्युतीय यन्त्रबाट दैनिक सरदर २० देखि २५ शवदाह हुने गरेको छ तर किरिया बस्ने कोठा पुरानो र नयाँ भवनमा गरेर जम्मा ४६ वटा छन् ।
किरियाका लागि एक परिवारलाई १३ दिनसम्म कोठा चाहिन्छ । त्यसैले माग अनुसार कोठा पु¥याउनै मुस्किल भएको हो । किरियापुत्री भेट्न आउने इष्टमित्र तथा नातेदारको हुल र अन्य कामका लागि एक परिवारलाई दुई कोठासम्म माग हुँदै आएको छ ।
‘यो अवस्थामा त झनै कोठा पु¥याउनै सकिएको छैन,’ किरियापुत्री तथा घाट व्यवस्थापन हेर्ने पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापामगरले बताए ।
किरियापुत्री कार्यमा संलग्न ब्राह्मण रघुनाथ बाँस्कोटाका अनुसार कतिपय कोठा नपाएर घर तथा डेरातिरै लाग्छन् भने कोही ज्ञानेश्वर भैरवस्थान, सिफल भण्डारेश्वर, पुरानो वानेश्र हाइट, वाँसवारी सामुदायिक भवन र प्रयागमार्ग बानेश्वरमा रहेको किरियापुत्री भवनमा पनि किरीया बस्न पुग्छन् ।अधिकृत थापामगरका अनुसार राजराजेश्वरीमा कम्बल, राडी र दरी प्रयोग भएपछि तुरुन्त सफाइ र स्वच्छ गर्ने गरिन्छ । किरियापुत्रीका लागि आवश्यक भाँडाकुँडा पनि यहाँ पर्याप्त छ ।‘यो आवश्यकतालाई लिएर वनकाली अग्निहोत्रीशाला क्षेत्रमा थप कोठा निर्माण गर्न खोजिएको थियो, विरोधका कारण किरियापुत्री भवन बन्न सकेन,’ ब्राह्मण बाँस्कोटा बताए । बाँस्कोटाका अनुसार आर्यतीर्थमा किरिया बस्ने धेरैको इच्छा पूरा हुनै पाएको छैन ।
July 27, 2018 9:56 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना