Wednesday 11th March 2026

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

11 months अगाडी

अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी गरेको आक्रमणमा कम्तीमा ७४ जनाको ज्यान गएको छ ।

हुथी समूह निकट अल मसिराह टीभीका अनुसार आक्रमणबाट कम्तीमा एक सय २५ जना घाइते भएका छन् । यो आक्रमणबाट हुथी समूहको नियन्त्रणमा रहेको इन्धन बन्दरगाह ध्वस्त भएको छ ।

रास इसा इन्धन बन्दरगाहमा भएको आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्नु रहेको अमेरिकी सेनाको दाबी छ ।

रेड सी र एडेनको खाडीमा अमेरिकाले गएको मार्च मध्यदेखि हवाई आक्रमण गर्दै आएको छ । आक्रमणको उद्देश्य हुथी शक्तिको आर्थिक स्रोतलाई कमजोर पार्नु रहेको अमेरिकी सेनाको भनाइ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छ्न ।

          April 19, 2025 8:20 am | विश्व


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...