जम्मू कश्मीरमा आतङ्ककारी आक्रमण : एक नेपालीसहित २६ जनाको ज्यान गयो
भारत जम्मू कश्मीरको पहलगममा आतङ्ककारीको आक्रमणबाट कम्तीमा २६ जनाको ज्यान गएको छ । हिजो दिउँसो भएको आक्रमणमा ज्यान गुमाउनेहरू सबैजसो पर्यटक रहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानिय नागरिक र दुई जना विदेशीमध्ये एक नेपाली र एक यूएईका नागरिक रहेका प्रारम्भिक विवरण छ । पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतङ्ककारी समूहले आक्रमण गर्दा कम्तीमा ३० जनाभन्दा धेरै घाइते छन् ।
मिनी स्विट्जरल्यान्ड भनेर चिनिने पर्यटकीय क्षेत्र पहलगम श्रीनगरबाट झण्डै ९० किलोमिटर टाढा पर्छ । आक्रमणको जिम्मेवारी लश्कर–ए–तैयबा नामक पाकिस्तानको आतङ्कवादी समूहको छायाँ सङ्गठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको खबरमा उल्लेख छ ।
यो आक्रमण विगत केही वर्षयताकै ठूलो आक्रमण भएको सुरक्षा अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनापछि आफ्नो साउदी अरब भ्रमण छोट्याउने निर्णय गर्नुभएको छ । उहाँ स्वदेश फर्कने तयारीमा हुनुहुन्छ ।
प्रधानमन्त्री मोदीले घटनाको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
उहाँले आतङ्कवादविरुद्ध सरकारको अडान अझ कडा हुने सन्देश दिनुभएको छ । घटनापछि गृहमन्त्री अमित शाह सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुग्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मू–कश्मीरको पहलगाममा भएको आक्रमणप्रति दुःख व्यक्त गर्नुभएको छ । उज्यालो
April 23, 2025 8:21 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत