जम्मू–कश्मीरमा भएको आक्रमणपछि भारतको कडा कदम, पाकिस्तानी नागरिकलाई भिसा बन्द
भारतको जम्मू–कश्मीर पहलगाममा अस्ति भएको आतङ्कवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा हिजो बसेको सुरक्षासम्बन्धी समिति (सीसीएस) को बैठकले पाँच प्रमुख निर्णय गरेको छ ।
भारतले पाकिस्तानीहरूको लागि तत्काल लागू हुने गरी भिसामा प्रतिबन्ध लगाएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन । अर्को निर्णय नभएसम्म कुनै पनि पाकिस्तानी नागरिकलाई भारतीय भिसा नदिने जनाएको छ ।
त्यस्तै, पाकिस्तानमा रहेको भारतीय दूतावास बन्द गर्नुका साथै भारतमा रहेको पाकिस्तानी दूतावास पनि बन्द गर्न भनिएको छ । पाकिस्तानी कूटनीतिज्ञलाई ७ दिनभित्र देश छोड्नुपर्ने भनिएको छ ।
बैठकले सिन्धु जल सम्झौता रोक्ने निर्णय गरेको छ भने अटारी सीमाबाट पनि आवतजावत रोक लगाएको छ । पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् । उज्यालो
April 24, 2025 8:58 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी