

विश्वव्यापी कर लगाउने अमेरिकी व्यापार नीति अदालतले रोक्यो

अमेरिकी सङ्घीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कर लगाएर आफ्नो अधिकार नाघेको फैसला सुनाएको छ ।
ह्वाइट हाउसले लागू गरेको आपतकालीन कानूनले धेरै देशमा कर लगाउने एकपक्षीय अधिकार प्रदान गर्दैन भन्दै अन्तर्राष्ट्रिय व्यापार अदालतले फैसला सुनाएको हो ।
राष्ट्रपति ट्रम्पले कर लगाएका देशहरूबाट सामान आयात गर्ने पाँच साना व्यवसायहरूको तर्फबाट दायर गरिएको मुद्दामा फैसला गर्दै अदालतले अमेरिकी संविधानले कंग्रेसलाई अन्य राष्ट्रहरूसँगको व्यापार नियमन गर्ने विशेष अधिकार बताएको बीबीसीले जनाएको छ । यो फैसलाले ट्रम्प प्रशासनको व्यापार कर नीतिमा धक्का पुर्याएको छ ।
यसैबीच अदालतले हिजो फैसला सुनाएको केही समयमै ट्रम्प प्रशासनले राष्ट्रिय आपतकालको अवस्थालाईलाई कसरी उचित रूपमा सम्बोधन गर्ने भन्ने निर्णय गर्ने काम न्यायाधीशहरूको नभएको भन्दै प्रतिक्रिया दिएको छ ।
ह्वाइट हाउसका उप प्रेस सचिव कुश देसाईले निकाल्नुभएको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले अमेरिकालाई पहिलो स्थानमा राख्ने प्रतिबद्धताका साथ काम अघि बढाउनु भएकामा अदालतको हस्तक्षेपले आर्थिक क्षेत्रमा आउनसक्ने सङ्कटलाई सम्बोधन गर्न कठिनाई हुने उल्लेख छ । उज्यालो
May 29, 2025 11:25 am | विश्व
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

