Friday 6th June 2025

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

2 days अगाडी

गाजा सहायता केन्द्रहरू एक दिनका लागि बन्द भएका छन् । गाजा सहायता केन्द्र जाने सडकहरू ‘लडाइँ क्षेत्र’ भएको बताउँदै इजरायली रक्षा बल (आईडीएफ) ले सहायता केन्द्रहरू बन्द गरेको बीबीसीले जनाएको छ ।

अमेरिका र इजरायल समर्थित विवादास्पद सहायता सञ्जाल गाजा मानवीय फाउन्डेशन (जीएचएफ) ले अद्यावधिक तथा सङ्गठन र दक्षता सुधार कार्यहरूका लागि सहायता क्षेत्रहरू बन्द भइरहेको बताएको छ । गएको हप्तादेखि सञ्चालन शुरू गरेको अमेरिका र इजरायली समर्थित समूहले भोलिदेखि फेरि सहायता वितरण शुरू गर्ने बताएका खबरमा उल्लेख छ ।

हिजो गाजाको एक सहायता केन्द्र नजिकै इजरायली गोलीबारीबाट कम्तीमा २७ जना प्यालेस्टिनीको ज्यान गएको हमास समर्थित स्थानीय अधिकारीहरूले बताएका छन् । इजरायली रक्षा बलले भने ‘तोकिएको पहुँच मार्गहरूबाट विचलित भएर’ आफूतिर सरेका संदिग्धहरूलाई पहिचान गरेपछि आफ्ना सेनाहरूले गोली चलाएको बताएको थियो ।

यसैबीच रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) की अध्यक्ष मिर्जाना स्पोलजारिकले गाजा पृथ्वीमा नर्कभन्दा पनि खराब भएको बताउनुभएको छ ।

स्विट्जरल्यान्डको जेनेभामा रहेको आईसीआरसी मुख्यालयमा बीबीसीसँगको अन्तर्वार्तामा स्पोलजारिकले मानवता असफल भइरहेको बताउनुभयो । युद्ध अन्त्य गर्न, प्यालेस्टिनीहरूको पीडा अन्त्य गर्न र इजरायली बन्धकहरूलाई रिहा गर्न राज्यहरूले पर्याप्त काम नगरेका उहाँको भनाइ छ ।

आईसीआरसी युद्ध क्षेत्रहरूमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो । गाजामा यसका झन्डै १ सय ३० जना कर्मचारी छन्, जसमध्ये धेरैजसो प्यालेस्टिनीहरू छन् । उज्यालो

          June 5, 2025 12:30 am | विश्व


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...