Monday 8th September 2025

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १६ औ स्थापना दिवश एवम श्रमिक सचेतना कार्यक्रमको सम्पूर्ण तयारी।

2 months अगाडी

सन् २०१० मा स्थापना भएको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा “श्रमिक सचेतना कार्यक्रम २०२५” जून २७ तारिक  आयोजना  गर्ने तयारी  गरेको छ्।

कुवेत पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको स्थापना दिवसको अवसरमा “माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार  प्रदान गरिने छ । १४ औं स्थापना दिवसबाट सुरु गरिएको “माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार ” हरेक स्थापना दिवसको अवसरमा कुवेत रहि पत्रकारिता गर्दै आएका विभिन्न मिडियामा आवद्ध रहि योगदान दिएकाहरु बाट उत्कृष्ट एक जना छनौट गरि दिदै आएको छ।

कार्यक्रम हुने स्थान र समय खैतान स्थित राजधानी रेस्टुरेन्टको सभाहलमा आयोजना गरिने  छ । कार्यक्रम दिनको १:३० बजे हुने छ

१६ औं स्थापना दिवस तथा “श्रमिक सचेतना कार्यक्रम २०२५” लाई भब्य र सब्य  सफल पार्नको लागि कुवेतमा रहनु भयका सम्पुर्ण नेपाली समुदाय लगायत बुद्धिजीवी, समाजसेवी, राजनीति कर्मी , खेलाडी, पत्रकार सहित विभिन्न संघ संस्थामा आवद्ध समुदायलाई उपस्थितिको लागि  नेपाल पत्रकार महासंघ वैदेशिक शाखा  कुवेतका अध्यक्ष राज मल्लद्वारा निमन्त्रणा गरिएको छ ।

कार्यक्रमको विवरण
मिति :- २७ जुन २०२५
समय :- दिनको ठिक १:३० बजे
स्थान :- राजधानी रेस्टुरेन्टको सभाहल खैतान कुवेत
आयोजक :- नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत

          June 26, 2025 9:44 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...