पर्वतमा नदीजन्य पदार्थ उत्खनन बढ्दै
पर्वत । वर्षायाममा कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्ने कार्य बढ्दै गएको छ। सार्वजनिक खरीद ऐन, संघीय र प्रदेश सरकारको आग्रह तथा अदालतको आदेश विपरीत जलजला गाउँपालिकामा हेभी इक्युपमेन्ट ९स्काभेटर० प्रयोग गरेर कालीगण्डकीको अवैध दोहन हुन थालेको छ। सार्वजनिक खरीद ऐनले ठेक्का प्रतिस्पर्धाविना नदीजन्य वस्तुको उत्खनन र निकासी गर्न रोक लगाएको तथा संघीय र प्रदेश सरकारले असारदेखि भदौसम्म नदी उत्खनन रोक्न देशभरका प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो।
उच्च अदालत पोखराको बागलुङ इजलासले केही दिनअघि बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई कानून विपरीत हेभी इक्युभमेन्ट प्रयोग गरेर नदीजन्य वस्तुको दोहन गर्ने कार्य रोक्न आदेश गरेको थियो।जलजला गाउँपालिकाका बगरफाँट, लामाखेत, मिलनचोक, लस्ती, नाग्लीवाङस्थित कालीगण्डकी नदी किनारमा केही जनप्रतिनिधि, कर्मचारी, प्रहरी र जिप्रकाको मिलेमतोमा नदीजन्य वस्तुको अवैध दोहन तथा चोरी निकासी भइरहेको स्थानीयवासीले गुनासो गरेका छन्।जलजला गाउँपालिकाका कावा अध्यक्षसमेत रहनुभएका वडा नं ४ का अध्यक्ष भीष्म मल्लले स्काभेटर प्रयोग गरेर नदीबाट बालुवा निकाल्ने विषयमा गाउँपालिकाले निर्णय नगरेको, अनुमति नदिएको र अवैध कार्य रोक्न प्रहरीले असहयोग गरेको प्रतिक्रिया दिए।
ठेक्का नलाग्दासम्म मानव शक्ति प्रयोग गरेर बालुवा निकाल्न अनुमति दिइएको र गाउँपालिकालाई कर तिरेर मात्र निकासी गर्ने व्यवस्था मिलाइए पनि आफूखुशी डोजर प्रयोग नियन्त्रणका लागि मिलनचोक र वारीबेनी प्रहरीचौकीलाई सहयोग मागे पनि असहयोग गरिएको अध्यक्ष मल्लले गुनासो गरे। वारीबेनी, मिलनचोक र नाग्लीवाङमा गाउँपालिकाका कर्मचारी खटाएर निकासी कर संकलन गरिएको उनले जानकारी दिए।गाउँपालिकाले न्यूनतम रु ४४ लाखमा कालीगण्डकी किनारबाट नदीजन्य वस्तुको उत्खननका लागि आह्वान गरेको ठेक्का प्रस्तावको अन्तिम समय यही साउन २४ गतेसम्म छ। विद्यमान कानूनानुसार नदीजन्य वस्तुको उत्खननमा स्काभेटर, ब्याकलोडरजस्ता हेभी इक्युभमेन्ट प्रयोगमा रोक लगाइएको छ।
गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले नदीजन्य वस्तुको उत्खनन राष्ट्रिय समस्या रहेको बताउँदै व्यक्तिले आफ्नो निजी जग्गामा पर्ने घाटबाट बालुवा निकाल्न पाउने बताए। हाल काठमाडौँमा रहेका अध्यक्ष मल्लले गाउँपालिकालाई आम्दानी, निर्माण सामग्रीको सहज आपूर्ति र खेर जाने प्राकृतिक स्रोत साधनको सदुपयोग हुने भएकाले कुनै बस्तीलाई असर नपर्ने गरी बालुवा निकालेको विषयलाई अन्यथा लिन नहुने बताउँदै यसलाई महत्व नदिन आग्रह गरे।प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले संघीय र प्रदेश सरकारले असारदेखि भदौसम्म नदीजन्य वस्तुको उत्खननमा रोक लगाएकाले सो निर्देशन कार्यान्वयनका लागि सबै स्थानीय तहलाई जानकारी गराइएको बताए।प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरेर उत्खनन र निकासी गर्न दिएको अवस्थामा आफूहरुले हस्तक्षेप गर्न नमिल्ने बताए
July 28, 2018 10:25 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना