Tuesday 21st April 2026

इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला

8 hours अगाडी

काठमाण्डौ – इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला गरिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार साउदी अरब, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति खुला गर्ने निर्णय भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हिजो बसेको मन्त्रिस्तरीय बैठकले गएको फागुन १७ गतेदेखि अस्थायी रूपमा श्रम स्वीकृति स्थगन गरिएका देशमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो । इराकबाहेक अन्य देशको हकमा सबै प्रकारका श्रम स्वीकृति (व्यक्तिगत, संस्थागत र वैधानिकीकरण) पूर्ववत् अवस्थामा हुने गरी खुला गरिएको विभागले विज्ञप्ति निकालेर जनाएको छ ।

इराकको हकमा गएको मंसिर ११ मा भएको निर्णयअनुसार हुनेछ । अमेरिका–इजरायल र इरान युद्धका कारण वैदेशिक रोजगारीमा मध्यपूर्वका देश जाने युवाका लागि श्रम स्वीकृति रोकिएको थियो । निर्णयअनुसार आजदेखि श्रम स्वीकृति जारी हुनेछ । उज्यालो

          April 21, 2026 8:22 am | सुचना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...