त्रिशुली नदीमा कार खस्दा एक जनाको मृत्यु
8 years अगाडी
Susma Dhakal
मलेखु, धादिङ । त्रिशुली नदीमा कार खस्दा एक जनाको मृत्यु भएको छ।शुक्रबार पृथ्वीराजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका–६ जरे स्थित सडकबाट कार त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको हो।
धादिङबाट पोखरा जाँदै गरेको बा१४च ३७५८ नम्बरको कार सडकबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा कास्की जिल्ला बैदामका ५१ वर्षीय मधुकर सुवेदीको गजुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए।
तीन जना सवार कारमा दुई जना भने पौडिएर ज्यान जोगाउन सफल भएका छन्। दुर्घटनामा कारका चालक रामेछापका सानुबाबु सुनुवार र ललितपुर इमाडोलका शैलेन्द्र राउत घाइते भएका छन्।तीब्र गतिका कारण अनियन्त्रित भई त्रिशुली नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।
July 28, 2018 10:47 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...