Wednesday 1st April 2026

कोइरालालाई अोलीको पानी जहाज र रेल चढ्ने रहर

8 years अगाडी

रुपन्देही, १२ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाज र रेल चढ्ने रहर अाफूलाई पनि भएको बताएका छन् । रिर्पोटर्स क्लब रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले  हावादारी कुरा गरेर जनतामा भ्रम नछर्न सुझाव दिदैं यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री अोलीमा  विरोधलाई सुन्न र विरोधीलाई सामना गर्ने क्षमता नै नरहेको अारोप लगाएका छन् ।  साथै उनले अोलीलाई भ्रमको खेती नगर्न समेत अाग्रह गरे । उनले मुर्दा शान्ति र विकास लोकतन्त्रमा असम्भव रहेको बताउदैं  लोकतन्त्रले विरोधलाई निषेध गर्न नसक्ने बताए ।अर्को एक फरक प्रसंङमा डा. कोइरालाले  कांग्रेस कमजोर हुनुमा नेतृत्व मुख्य जिम्मेवार रहेको भन्दै सभापतिदेखि महामन्त्रीसम्मले कांग्रेस कमजोर हुनुको जिम्मेवारी लिनु पर्ने बताए।

          July 28, 2018 11:29 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...