चुम्लिङ्टारमा बस दुर्घटना मृतकको संख्या आठ , १७ घाइते
चितवन, साउन । इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङ्टारमा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ ।दुर्घटनामा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पाल्पा बेगनासकालिका गाउँपालिकाका बस्ने ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिकाका– ५ बस्ने २७ वर्षीय सुमित श्रेष्ठ, तनहँ भन्सार बस्ने २७ वर्षीया कमला श्रेष्ठ, काठमाडाैंका ३० वर्षीय रवीन गुरुङ, तनहुँ केशवटारका ४० वर्षीय बाबुराम तिवारी र भारतको बेतिया घर भएका फिरोज मिया रहेका छन् ।
यसैगरी एक महिला र एक बालकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी घाइते भएकामध्ये छ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, चार जनाको मनकामना अस्पताल भरतपुरमा, पाँच जनाको पोखराको मणिपाल अस्पतालमा, छाउनी अस्पताल र गजुरी अस्पतालमा एक/एक जनाको उपचार भइरहेको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
शुक्रबार बिहान ११ः५५ बजेको समयमा बस र ट्रक एकआपसमा ठक्कर खाँदा बस त्रिशूली नदी किनारमा खसेको थियो । काठमाडौँबाट पोखरातर्फ जान आउँदै गरेको ना ६ ख २५०६ नंको बस र विपरीत दिशाबाट काठमाडौँतर्फ गइरहेको ना ५ ख ७४०९ नंको ट्रकसँग ठोक्किँदा बस त्रिशूली नदी किनार नजिक खोल्सामा खसेको हो । बसले काठमाडौँबाट ३० जना यात्रु लिएर हिँडेको प्रहरीले जनाएको छ ।
July 28, 2018 12:52 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना