फेसबुकमा चिनजान भएर नगरकोट घुम्न लगेकाले सुनको सिक्रीसहित महिलालाई लुट्यो
8 years अगाडी
Susma Dhakal
भक्तपुर, १३ साउन । धनमाल लुटपाट गरेको अभियोगमा भक्तपुर च्यामासिंह बस्ने सिन्धुपाल्चोक बलेफ गाँउपालिका–५ का १८ वर्षीय अनिष तामाङलाई भक्तपुरस्थित छायाँबस्तीबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकबाट चिनजान भएका रमेश तामाङसँग नगरकोट घुम्न गएकी काठमाडौं जोरपाटी बस्ने मोरङ टाडी गाउँपालिका–४ की ३२ वर्षीया महिलाको आधा तोलाको सुनको सिक्री, १ थान मोबाईल र नगद ४ हजार ५ सय रुपैयाँ रमेश, अनिष र अर्का एक जना मिलेर लुटपाट गरेको खुल्न आएपछि लुटेराहरुको खोजी गर्ने क्रममा लुटिएको सिक्री सहित अनिषलाई प्रहरीले पक्राउ गरेको हो ।लुटपाटका संलग्न अन्य दुई जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
July 29, 2018 3:06 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...