Monday 22nd December 2025

दीपिका, प्रियंकापछि ‘बाहुबली’ हिरोइन तमन्नाको विवाह पक्का !

7 years अगाडी

एजेन्सी: अहिले बलिउडमा विवाहका लहर चलेको छ । हालै रणवीर सिंह र दीपिका पादुकोणको विवाहको खबर आए लगत्तै प्रियंक चोपडाको विवाहको खबर आएको थियो । प्रियंकाले विवाह कै कारण सलमान खानको आगामी फिल्म ‘भारत’ छोडेकी छन् । उनले चाँडै विवाह गर्ने बताइएको छ ।

प्रियंकाका साथै अर्की एक नायिकाको समेत विवाहको खबर आउको छ । ‘बाहुबली’ हिरोइन तमन्ना भाटियाले समेत विवाह गर्न लागेकी हुन् । उनले एक डाक्टरसँग विवाह गर्ने खबर यसअघि नै आइरहेको थियो । अहिले भने तमन्नाले सामाजिक संजाल मार्फ यो कुराको पुष्टि गरेकी छन् ।


‘म अहिले पनि सिंगल छु र मेरा माता पिताले केटा हेरिरहुनभएको छैन,’ उनले लेखेकी छन्, ‘कुनै दिन एक्टर, फेरी क्रिकेटर र डाक्टर । यी अफवाहलाई हेर्दा म पति खरिद गर्न गइरहेको छु झैं लाग्छ । तर मलाई मायामा रहन मन पर्छ । तर निराधार खबरलाई बढवा दिन हुँदैन । यो मेरो जिन्दगी हो । म अहिले पनि खुसीसाथ सिंगल छु ।’
उनी अफेयरलाई लिएर पहिले पनि चर्चामा रहेकी थिइन् । तमन्ना र विराट कोहलीबीचको अफेयरको खबर पनि कुृनै समय चर्चामा थियो ।

          July 29, 2018 3:29 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...