सामूहिक बलात्कार पछि गर्भवती बाख्राकाे मृत्यु, ८ जना पक्राउ
काठमाडौं, साउन । भारतको नयाँदिल्ली नजिकैको एक गाउँमा गर्भवती बाख्रालाई सामूहिक बलात्कार गरिएको छ । मादक पदार्थमा लठ्ठ आठ जनाको समूहले बाख्रालाई खोरबाट निकालेर सामूहिक बलात्कार गरेका थिए ।
नयाँदिल्ली भन्दा ४५ माइल दक्षिणमा पर्ने नु गाउँमा उक्त गर्भवती बाख्रामाथि बलात्कार भएको थियो । बाख्रा हराएपछि बाख्राधनी र छिमेकीले खोज्दै जाने क्रममा ती जड्याहाहरुले बाख्रालाई झाडीमा बलात्कर गरिरहेको अवस्थामा रंगेहात नै फेला परेका थिए । तीन जनालाई त कुटेको समेत स्थानीयलाई उदृत गर्दै भारतीय संचारमाध्यमले जनाएको छ ।
बाख्रा भुइँमा ढलेको अवस्थामा फेला परेको थियो । उक्त बाख्रालाई घरमा ल्याई भेटनगरी डाक्टरबाट उपचार गराउँदा पनि घटनाको भोलिपल्ट बाख्राको मृत्यु भएको हिन्दुस्तान टाइम्सले उनलाई उद्धृत गर्दै लेखेको छ । बाख्राधनी २७ वर्षीय अस्लुप खानले बाख्रा बलात्कारको घटनाबारे प्रहरीमा उजुरी दिएका छन् । घटनामा संलग्नहरु सबै फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
July 31, 2018 2:04 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना