Monday 22nd December 2025

आर्यन र साम्राज्ञी के गर्दैछन् चितवनमा ?

7 years अगाडी

काठमाडौँ । आर्यन सिग्देलको अभिनय तथा निर्माण रहेको फिल्म ‘कायरा’ प्रचार प्रसारको लागि मुख्य दुई कलाकार अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह सोमबार चितवन आइपुगेका छन् । शनिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गरेर फिल्मको बारेमा जानकारी गराएका ‘कायरा’ का कलाकारले सोमबार चितवनका पत्रकार माझ आफ्नो फिल्मको बारेमा जानकारी दिएका हुन् । फिल्म साउन १८ बाट प्रदर्शनीमा आउदै छ ।

फिल्ममा आर्यन र साम्राज्ञी सगै शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ ,रोजेट्टे काय पब्लो लगायतका कलाकारहरु पनि अभिनय छ । फिल्म लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । ‘कायरा’मा कोशिष क्षेत्री , अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ ‘आशिकी’ को छायाँकन छ । आर्यन सिग्देल इन्टरटेनमेन्टको र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् भने, दिनेश थापा र दिवस पराजुली सहनिर्माता हुन् ।

          July 31, 2018 3:03 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...