आर्यन र साम्राज्ञी के गर्दैछन् चितवनमा ?
काठमाडौँ । आर्यन सिग्देलको अभिनय तथा निर्माण रहेको फिल्म ‘कायरा’ प्रचार प्रसारको लागि मुख्य दुई कलाकार अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह सोमबार चितवन आइपुगेका छन् । शनिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गरेर फिल्मको बारेमा जानकारी गराएका ‘कायरा’ का कलाकारले सोमबार चितवनका पत्रकार माझ आफ्नो फिल्मको बारेमा जानकारी दिएका हुन् । फिल्म साउन १८ बाट प्रदर्शनीमा आउदै छ ।
फिल्ममा आर्यन र साम्राज्ञी सगै शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ ,रोजेट्टे काय पब्लो लगायतका कलाकारहरु पनि अभिनय छ । फिल्म लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । ‘कायरा’मा कोशिष क्षेत्री , अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र शिवराम श्रेष्ठ ‘आशिकी’ को छायाँकन छ । आर्यन सिग्देल इन्टरटेनमेन्टको र आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् भने, दिनेश थापा र दिवस पराजुली सहनिर्माता हुन् ।
July 31, 2018 3:03 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी