रोल्पामा मापदण्डविनाका सडकमा बढी दुर्घटना
रोल्पा । मापदण्डविना खनिएका जिल्लाका सडकमा सवारी दुर्घटना बढिरहेको छ। अधिकांश ट्याक्टरका कारण दुर्घटना हुने गरेको छ। मापदण्डविना स्थानीय उपभोक्ताले आफूखुशी सडक निर्माण गर्दा दुर्घटना बढ्दै गएको हो।जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा २० वटा दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका थिए भने १२ जना गम्भीर तथा २२ जना सामान्य घाइते भएका थिए। आव २०७३/७४ मा ३६ वटा सडक दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको थियो भने २७ गम्भीर तथा २७ जना समान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार दिवाकर वलीले जानकारी दिए।
यस्तै आव २०७४/७५ मा ३० वटा सडक दुर्घटना भएकामा १४ जनाको मृत्यु तथा १८ गम्भीर र २९ जना सामान्य घाइते भएका थिए। ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढी रहेको वलीले बताए। भौगोलिक बनावट अनुसारको मापदण्डविना जथाभावी रुपमा सडक खनिएका कारण सवारी दुर्घटना बढ्दै गएको छ।साँघुरा सडक तथा ती सडकमा मोडमा दुर्घटना बढी हुने गरेको पाइएको छ। भर्खर ट्र्याक खोलिएका सडकमा अत्यधिक भारसहितका ट्याक्टर चलाउँदा दुर्घटना निम्तिने गरेको वली बताउछन्। “शिकारु चालकका कारण समेत बढी दुर्घटना हुने गरेको पाइएको छ,” उनले भने। दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनका धनी, चालक र परिचालकलाई समय समयमा सचेत गराउने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सामान ढुवानी गर्ने ट्याक्टरमा यात्रु बोक्नमा कडाइ गरिएको छ।
July 31, 2018 3:05 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना