Wednesday 1st April 2026

कक्षा १२ को नतिजा प्रकाशित हुँदै

8 years अगाडी

काठमाडौँ, १५ साउन । कक्षा १२ को नतिजा भोली (बुधबार) सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबार सार्वजनिक हुने भएको हो ।

मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ। यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए ।

यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो। कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक छ।

          July 31, 2018 3:10 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...