Wednesday 1st April 2026

११८ राष्ट्रलाई पछि पार्दै नेपालको अक्सफोर्ड कलेजलाई अन्तर्राष्ट्रिय अवार्ड

8 years अगाडी

रत्ननगर, चितवन। अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ म्यानेजमेन्ट गैंँडाकोट विश्वमै उत्कृष्ट हुँदै अन्तर्राष्ट्रिय अवार्ड(स्वर्ण पदक) प्राप्त गर्न सफल भएको छ। विश्वका ११८ राष्ट्रलाईपछि पार्दै अक्सफोर्डले ‘इन्टरनेशनल स्टार फर लिडरसिप ईन क्वालिटी २०१८’ को स्वर्णपदक प्राप्त गर्न सफल भएको आज नवलपुरको गैँंडाकोटमा आयोजित पत्रकार सम्मेलनमा प्राचार्य हरि भण्डारीले बताए। भण्डारीले नेपालको इतिहासमै पहिलो पटक नेपाली संस्थालाई अवार्ड प्राप्त भएको दाबी गरे।

स्पेनमा केन्द्रीय कार्यालय रहेको विजनेश इनिसियटिभ डाइरेक्सन नामक संस्थाले गुणस्तर, नेतृत्व क्षमता र व्यवस्थापन पक्षलाई मूल्यांकन गरेर उक्त अवार्ड प्रदान गर्ने गर्दछ। यसपटकको अवार्ड भने असारको १६ र १७ गते फ्रान्सको पेरिसमा भएको २२औं अन्तर्राष्ट्रिय सम्मेलनमा वितरण गरिएको बताइएको छ।

सेवा, नयाँ आविष्कार, अनुसन्धान, विकास, निरन्तरता, शिक्षा, बजारीकरण, नेतृत्व क्षमता र व्यवस्थापन लगायतको आधारमा करीब ९० देशका विज्ञले मूल्यांकन गरी अवार्डका घोषणा गर्ने गर्दछ। विसं २०५७ मा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिई कम्युटर साइन्स शुरु गरेको कलेजले विभिन्न तहका कक्षा सञ्चालन गरी उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ।

          July 31, 2018 3:20 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...