उडेको पाँच मिनेटमै १ सय १ जना सवार वीमान घाँसे मैदानमा दुर्घटना
मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान दुर्घटनामा परेको छ । १ सय १ जना सवार विमान दुर्घटनामा परेको हो । विमान भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको थियो । उडेको ५ मिनेटमै दुर्घटनामै दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार लेखेका छन् ।
१ सय १ जना सवार विमान दुर्घटना परेपनि कुनै मानवीय क्षती नभएको बताइएको छ । विमानका ८५ जना यात्रु घाइते भएको जनाइएको छ । घाइतेमध्ये २ को अवस्था गम्भीर छ । विमान उडेको केही समयपछि नै विमानस्थलभन्दा १० किलोमिटर पर दुर्घटना भएको थियो । विमानस्थलका अपरेटरले खराब मौसमका कारण विमान दुर्घटना बताएका छन् । मौसम खराब भएपछि विमान घाँसे मैदानमा अवतरण गराइएको थियो । विमानमा ९७ यात्रु र ४ जना चालक दलका सदस्य सवार थिए । दुरंगो राज्यका गभर्नर जोसे एस्पुरोले एक ट्वीट गर्दै मानवीय क्षति नभएको जनाएका छन् । बीबीसीका अनुसार उनले ८५ घाइतेमध्ये २ को अवस्था गम्भीर छ ।
August 1, 2018 10:31 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना