चोरी गर्ने दुई युवक प्रहरी खोरमा
8 years अगाडी
Susma Dhakal
राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँमा चोरीको घटनामा संलग्न दुई युवकलाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका-४ का १९ वर्षीय भगवतीकुमार राम र रुपनी गाउँपालिका–९ का २० वर्षीय रामकुमार मण्डल रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।
दुवैजनाले राजविराज–४ स्थित एउटा होटलबाट विभिन्न पेय पदार्थसहित रु ३५ हजार तथा सोही स्थानमा रहेको मोबाइल पसलबाट रु दुई लाख मूल्य बराबरका मोबाइल र एलसिडि टेलिभिजन चोरी गरेका थिए। होटल तथा पसल सञ्चालकले गरेको उजुरीको आधारमा दुवैजनालाई चोरीका सामानसहित प्रहरीले पक्राउ गरेको हो।
August 1, 2018 11:03 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...