अब ‘ठाउँको ठाउँ’ खाद्य गुणस्तर परीक्षण
काठमाडौं, १८ साउन । सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ गर्ने भएको छ । बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्यबाबसहितको प्रविधि प्रयोग गर्न लागिएको छ ।बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर ठिक, बेठिक छुट्याउन घुम्ती ल्याबसहितको भ्यान सञ्चालन गर्न लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
होटल तथा रेस्टुरेन्टका खाना, खाजा, दूध, मिठाइ, तरकारी, घिउ, तेल, पानी, मासुलगायत खाद्यवस्तु, तिनमा प्रयोग हुने रंगको नमुना संकलन गरेर तत्काल ल्याब परीक्षण गरिनेछ । यसरी संकलन गरिएको नमुनामा भएको विषदी, रसायन घुम्ती ल्याबमा परीक्षण हुनेछ ।ठाउँको ठाउँ खाद्य वस्तु परीक्षण गरेर नतिजा दिने प्रविधिसहितको उपकरण जडित तीनवटा भ्यान विभागले ल्याएको छ । दैनिक रूपमा खाद्यवस्तु ठाउँको ठाउँ परीक्षण गर्न लागेको विभागका महानिर्देश सञ्जीवकुमार कर्णले बताए ।
August 3, 2018 10:34 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै