मुनामै चुडिदिँदा लोप हुँदैछन् हिमाली जडिबुटी
नविन लामिछाने
मनाङ । मनाङमा पाइने जडीबुटी परिपक्व नहुँदै उत्खनन् गर्न थालिएको छ। यर्सागुम्वा, वनलसुन, सतुवाजस्ता महत्वपूर्ण जडिबुटी परिपक्व नहुँदै निकाल्दा बीउ उत्पादन नहुने र जडिबुटी लोप हुनसक्नेमा सरोकारवालाहरूमा चिन्ता बढेको छ। जुनसुकै बोट विरुवाको फूल फुलेर पाकेपछि बीउ उत्पादन हुने भएकाले फूल परिपक्व हुन नपाउँदै इजाजत लिएर जडिबुटी खोज्न जाने परम्पराले यस्ता जडिबुटीको उत्पादनमा कमी हुन थालेको जिल्ला वन कार्यालयका डिएफओ अजय कार्कीले बताए।
त्यस्तै जेठको अन्तिमदेखि आसारको दोस्रो सातासम्म यार्सा टिप्ने समय भए पनि हाल वैशाखको अन्तिम देखि नै इजाजत लिइ यार्सा संकलनमा लाग्नाले पनि यसो हुन गएको उनको भनाइ थियो। यी जडिबुटी जिल्लाभित्र र बाहिरका मानिसको आँखेतारो बनेको छ। जडिबुटी टिप्ने याममा लेकमा मात्र नभइ शहरका गल्लीगल्लीमा समेत मानिसको भीड लाग्ने गर्छ। भरिया लगाएर यार्सागुम्वा, वनलसुनजस्ता जडिबुटी खोज्न यहाँका लेकमा स्थानीयका साथै बाहिरी जिल्ला गोर्खा, लमजुङ, रुकुम, रोल्पादेखिका मानिस आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्रले जनाएको छ।
जडिबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्रले जिल्लाभित्रका लागि सहुलियत दरमा र बाहिराका लागि बढी मूल्य र निश्चित समयावधि तोकेर इजाजत पत्र दिनेगरेको उक्त क्षेत्रका कार्यालय प्रमुख बाबुलाल तिरुवाले जानकारी दिए। उनका अनुुसार यार्सागुम्वा संकलनका लागि जिल्लाभित्रका मानिसलाई ठाउँ हेरी रु १० हजारदेखि १२ हजारसम्मको शुल्क तोकिएको छ भने बाहिरी जिल्लाको हकमा रु २० देखि २५ हजारसम्म रहेको छ।
वनलसुनका लागि माथिल्लो मनाङको भ्राका, खांसार, पिसाङ, चामेगाउँपालिका र नासोंगाउँपालिका छुट्टाछुट्टै दर रहेको प्रमुख तिरुवाले बताए। प्रत्येक गाउँपालिकामा संरक्षण व्यवस्थापन समिति रहेको र उनीहरुकै नेतृत्वमा कामकाज हुँदै आएको छ। ताचै गाउँ व्यवस्थापन समितिका अध्यक्ष याद घलेका अनुसार स्थानीयलाई रू पाँच हजार र बाहिरीयालाई रू १० हजारका दरले शुल्क लिएर इजाजत दिइएको छ। जडिबुटी संकलन गर्ने क्रममा कलिला मुना अपरिपक्वमै टिपिने हुँदा लोप हुने अवस्थामा पुगेका छन्। अझ साना स्कूले विद्यार्थीसमेतलाई अभिभावकले सँगै लगेर जडिबुटी संकलनमा लगाउने र उनीहरूले कलिला मुना पनि टिपिदिँदा यस्तो समस्या आएको हो।
August 3, 2018 10:56 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना