Wednesday 1st April 2026

उपभोक्तासँग ऊर्जामन्त्री, प्रत्यक्ष कुराकानीको अवसर

8 years अगाडी

काठमाडौं, १८ साउन । जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आजदेखि नागरिकसँग सम्वाद सुरु गर्दै छन् । प्रत्येक साताको शुक्रबार दिउँसो १२ देखि १ बजेसम्म हटलाइनमार्फत उपभोक्तासँग प्रत्यक्ष कुराकानी गर्ने तयारी छ ।

त्यसको सुरुवात आजैबाट हुने उर्जा मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र मातहतका विद्युत प्राधिकरण र विद्युत विकास विभागलगायतका सेवाबारे उपभोक्ताको गुनासो सुन्न र यसबाट प्रभावकारी रुपमा सेवा प्रदान गर्नका लागि यो कार्यक्रमको सुरुवात भएको बताइएको छ ।

खड्काका अनुसार एक घन्टाभित्र उर्जामन्त्रीसँग निःशुल्क हटलाइन नम्बर ११५१ का साथै ०१–४२००६४१ र ४२ मा समेत प्रत्यक्ष कुराकानी गर्न सकिनेछ । हटलाइनमार्फत् गरिएका गुनासाहरू तत्काल सबोधन गरिने जनाइएको छ । त्यसकालागि सम्बन्धित निकायलाई तुरुन्त निर्देशन दिइने समेत बताइएको छ

          August 3, 2018 11:12 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...