Tuesday 10th March 2026

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा

8 years अगाडी

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ति चलचित्र हुन् – ‘कायरा’ र ‘झमकबहादुर’ । आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘कायरा’लाई आर्यन सिग्देलको ड्रिम प्रोजेक्टका रुपमा लिइएको छ । चकलेटी नायकको रुपमा दर्शकमाझ परिचित आर्यन र अहिलेकी दर्शकको रोजाईमा परेकी नायिका साम्राज्ञीका कारण पनि लक्ष्मण रिजाल निर्देशित यो चलचित्र दर्शकका लागि प्रतिक्षामा थियो । यस चलचित्रमा आर्यन र साम्राज्ञीले पहिलोपटक स्क्रिन शेयर गरेका छन् ।

चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरूको पनि अभिनय छ । गीतसंगीत र ट्रेलरबाट सकारात्मक प्रतिक्रिया पाएका कारण हलमा दर्शकको उपस्थिति उत्साहजनक हुनेमा ‘कायरा’ टिम विश्वस्त देखिएको छ । यता आजबाट अभिनेता अनुप विक्रम शाही स्टारर चलचित्र ‘झमक बहादुर’ पनि प्रदर्शनमा आएको छ । सुन तस्करी, लुटपाट र अपहरणलाई मुख्य कथा बनाएको चलचित्रलाई भोमन कटुवालले निर्देशन गरेका हुन मिनकुमार तामाङ निर्मित ‘झमक बहादुर’ मा यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

          August 3, 2018 11:34 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...