सडक दुर्घटनामा धादिङः ३ वर्षमा ३ सयको ज्यान गयो ।
धादिङ । धादिङ जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा तीन वर्षको अवधिमा २९० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ मा मात्र सवारी दुर्घटनाबाट ११७ को मृत्यु भएको छ । दुर्घटनामा २०७ जना घाइते भएका छन् । अधिकांश सवारी दुर्घटना राति १ बजेदेखि बिहान ५ बजेको समयमा भएको छ ।आर्थिक वर्ष २०७२/७३ मा ७७ जना, २०७३/७४ मा ९६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दुर्घटना बढ्दै गएकाले दुर्घटना कमी गर्न कदम चाल्नु पर्नेमा जोड दिँदै आएको छ ।
जिल्लामा भएका अधिकांश दुर्घटना सवारी साधनको तीव्र गतिका कारण हुने गरेको छ । चालकले मादकपदार्थ सेवन, थकान र निद्राले पनि दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाइ छ ।यसबाहेक तनाव, उत्तेजना, सडकको दूरावस्था र पुराना सवारी साधनका प्रयोगले दुर्घटना बढेको छ । साँघुरो र जीर्ण सडक, अर्को सवारीलाई उछिन्ने र तीव्र गतिले सवारी चलाउने गर्दा दैनिकजसो सवारी दुर्घटना हुने गरेको कार्यालयले जनाएको छ । पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, कालुपाण्डे मार्ग र विभिन्न ग्रामीण क्षेत्रसम्मको कच्ची सडकको सञ्जाल भएको धादिङ जिल्लामा पृथ्वी राजमार्गमा सबैभन्दा बढी दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गर्छन् ।
August 3, 2018 12:13 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै