Wednesday 1st April 2026

ट्राभल एजेन्ट्स नाट्टाले पर्यटक उद्धार प्रक्रियालाई सहज बनाउन माग

8 years अगाडी

काठमाडौँ । ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०ले पर्यटक उद्धार प्रक्रियालाई सहज बनाउन माग गरेका छन्। टानका अध्यक्ष नवराज दाहाल र नाट्टाका अध्यक्ष सिएन पाण्डेले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटक उद्धार प्रक्रिया झण्झटिलो हुँदा समयमा उद्धार नभई कतिपय पर्यटकले ज्यान समेत गुमाउनु परेकाले यसलाई सहज बनाउन माग गरे।

नाट्टाका अध्यक्ष पाण्डेले सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइरहेका बेला पर्यटक उद्धार प्रक्रिया झन्झटिलो हुँदा समस्या उत्पन्न हुने बताए। “यस्तो प्रक्रियाले विदेशमा समेत नेपाली पर्यटनबारे नकारात्मक सन्देश जाने देखिन्छ,”–उनले भने। टान र नाट्टाले नेपालको पर्यटकीय क्षेत्रको पूर्वाधार ज्यादै निम्नस्तरको र कमजोर भएकाले जुनसुकै बेला पनि हुनसक्ने प्राकृतिक प्रकोपका कारण दुर्घटना हुने भएकाले पर्यटक उद्दार नीतिलाई सहज बनाई समयमै पर्यटकको उद्धार गर्ने व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेका हुन्।

          August 3, 2018 12:40 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...