क्यान्सरपीडित मनिषाको उपचारको लागि सेलरोटी बेच्दै
उर्लाबारी, मोरङ, १८ साउन : मोरङको लेटाङ नगरपालिका–९ जाँतेकी १० वर्षीया बालिका मनिषा लिम्बूको हड्डीको क्यान्सरको उपचारमा सहयोग जुटाउन लायन्स क्लब अफ लेटाङले बजारमा सेलरोटी बेच्ने अभियान चलाएको छ ।
सो अभियानअन्तर्गत लायन्स क्लब अफ लेटाङकी अध्यक्ष शान्ति लामा पाख्रिनको नेतृत्वमा लायन्स क्लब अफ पथरी, पथरी वाणिज्य संघसमेतको सहकार्यमा घरमा बनाइएको सेलरोटी दिएर बिहीबार पथरी बजारमा सहयोग रकम संकलन गरिएको हो। सेलरोटी र एक बोतल पानी दिँदै इच्छाअनुसारको सहयोग माग्ने क्रममा पथरी बजारबाट रु ७१ हजार ८८५ संकलन भएको थियो ।
उक्त रकममा नगरपालिकाका प्रमुख दिलीपकुमार राईसहितका जनप्रतिनिधिले सहयोगी टोलीलाई कार्यालयमै बोलाएर सहयोग रकम प्रदान गर्नुभएको थियो ।
‘लेटाङ प्रिन्सेस’– २०१८ की बिजेता सुजता खतिवडा, फष्ट रनरअप जानुका मगरसमेत सो अभियानमा सहभागी भई गत सोमबार बेलबारी बजारमा रु ६१ हजार २११ रकम संकलन गर्नुभएको थियो । विपन्न परिवारकी बालिकाको भरतपुर अस्पतालमा किमोथेरापी शुरु गरिएको छ । विदेशबाट पनि सहयोग प्राप्त हुँदै गरेको अभियानकी संयोजक शान्ति लामा पाख्रिनले बताउनुभयो ।
August 3, 2018 1:11 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै