Wednesday 1st April 2026

राजेशले रक्सी खाए, रक्सीले कलेजो

8 years अगाडी

काठमाडौं, १९ साउन । नुवाकोटका ४० वर्षीय राजेश तामाङ यतिखेर अस्पतालका भित्ताहरू हेरेर दिनरात काटिरहेका छन्। घरी आफ्नो फुलेको पेटमा आँखा पुर्‍याउँछन् त घरी अस्पतालका भित्तामा । कलेजो पूरै बिग्रेपछि उनको यो हविगत भएको हो। कलेजो त बिगे्रेको छ नै, सँगसँगै निमोनिया हुनुका साथै उनको मिर्गौलासमेत बिगे्रेको छ। चालीस वर्षमा पाइला टेकेका तामाङ बुढ्यौली लागेजस्तो फुस्रा देखिन्छन्। कलेजो बिगे्रका कारण न उनी खान सक्छन् न खाएको पचाउनै नै ।

औषधिका भरमा उनी एक महिनादेखि वीर अस्पताको बेडमा बिताइरहेका छन्। ‘डाक्टर, उपचार हुँदैछ भन्छन्, निको हुन्छ कि हुँदैन केही भन्दैनन्,’ बिरामी राजेशकी पत्नी सिर्जनाले शुक्रबार भनिन्। सिर्जनालाई पति लामो समयदेखि गम्भीर बिरामी परेको चिन्ता त छ नै, उपचारका क्रममा लागेको क्रण र कमाइ गर्ने मुख्य व्यक्ति थला पर्दाको पीडा छुट्टै छ ।

          August 4, 2018 10:56 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...