लेटाङमा पिकअप भ्यान दुर्घटना , २ जनाको मृत्यु , १३ घाइते
8 years अगाडी
Susma Dhakal
मोरङ । मोरङको लेटाङ १ स्थित कुईगुण्डामा एक पिकअप बोलेरो अनियन्त्रित भई भिरबाट खस्दा २ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । केराबारीको सिंहदेवी बाट लेडाङ जादै गरेको पिकअप बोलेरो वर्षाले बाटो बिगारे पछि अनियन्त्रीत भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
दुर्घटनामा परि घटनास्थलमै भारतको आसाम घर भएका २१ वर्षिय तपन ठकुरीको मृत्यु भएको छ । धनकुटाको चौबिसे गाउँपालिकाकी चन्द्र माया लिम्बुको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न ल्याउने क्रममा मृत्यु भएको छ ।प्रतिष्ठानमा उपचार गराईरहेका अधिकांशको अवश्था गम्भीर रहेको प्रतिष्ठान स्थित प्रहरी बिटले जनाएको छ । बाटो हिलाम्मे भएका गाडीको ब्रेकफेल भएर दुर्घटना भएको घाइतेहरुले जनाएका छन् ।
August 4, 2018 12:10 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...