Monday 22nd December 2025

सडकमा छताछुल्ल हुन थाल्यो दीपिका र रणवीरको प्रेम

7 years अगाडी

एजेन्सी, १९ साउन । छिट्टै विवाहको तयारीमा रहेका बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोणको प्रेम सडकमै छताछुल्ल हुन थालेको छ । हालसालै उनीहरुको अमेरिकाको फ्लोरिडामा कैद गरिएको भिडियो क्लिप सार्वजनिक भएको छ, जहाँ उनीहरु निस्फिक्री एकअर्काको हात समातेर हिंडिरहेका भेटिन्छन् उनीहरु हाल छुट्टी मनाउन अमेरिका पुगेका छन् ।

कुनै पनि फिल्ममा साइन नगरी बसेकी दीपिका र रणवीरको यसै वर्ष बिहे हुने चर्चा छ । दीपिकाको गृहनगर बैंगलोरमा बिहे गर्ने उनीहरुको हल्लाले पछिल्लो समय नयाँ मोड लिएको छ । पछिल्लो समय उनीहरु ‘डेस्टिनेसन वेडिङ’ को ‘मुड’मा रहेको चर्चा छ । यसको लागि उनीहरु इटली जान सक्ने बताइएको छ । १० नोभेम्बर उनीहरुको विवाहको सम्भावित मिति हो ।

          August 4, 2018 12:15 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...