छोरी जन्मिएको डेढ घन्टामै आमाद्वारा नाक र मुख बन्द गरेर हत्या
१९ साउन । आमा महान हुन्छिन् । तर, कहिलेकाँही कुनै कुनै आमाहरुमा राक्षसी प्रवृत्ति सवार हुन्छ । यस्तै भएको छ दिल्लीको मोतीनगरमा ।छोरोको चाहना राखेर गर्भवती भएकी एम महिलाले छोरी जन्मिएपछि आफैले मुख र नाक थुनेर हत्या गरेकी छन् । जन्मिएको डेढ घन्टापछि अस्पतालमै नाक र मुख थिचेर हत्या गरेको दर्दनाक घटनाले मानवतालाई नै झस्काएको छ ।
पोस्टमार्टम रिपोर्टबाट यस्तो तथ्य खुलेपछि प्रहरीले महिलाविरुद्ध हत्याको आरोप दर्ज गर्दै गिरफ्तार गरेको छ । प्राप्त जानकारी अनुसार ती महिलाको यसअघि नै दुई छोरी र एक छोरा रहेका छन् । उनी अब थप छोरी चाहन्नथिन् ।प्रहरीका अनुसार आरोपित महिला ३२ वर्षिया रिता देवी हुन् । नारायणा बस्ने उनी प्रसवपीडा सुरु भएपछि २८ जुलाईमा बसईदारापुरस्थित ईएसआई अस्पतालमा भर्ना भएकी थिइन् । २९ जुलाई राति उनले छोरी जन्माएकी थिइन्
करिब डेढ घन्टा पछि नर्सलाई भेटेर बच्चा नचलेको भन्दै ती महिला पुगेकी थिइन् । नर्सले बच्चाको नाक रातो देखे । उनीहरुले तत्काल बच्चालाई विशिष्ट कक्षमा लगेर श्वास दिने प्रयास गरे, तर सफल भएनन् ।बच्चीको नामको रंग रातो देखेपछि डाक्टरहरुलाई शंका लाग्यो र उनीहरुले घटनाबारे प्रहरीलाई जानकारी दिए । प्रहरीले पोस्टमार्टम गरे । पोस्टमार्टमरिपोर्टबाट बच्चाको मृत्यू श्वास रोकिएर भएको पुष्टि भयो । प्रहरीले आशंकाको भरमा महिलालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरे । महिलाले आफ्नो अपराध स्वीकार गरिन् । उनले बच्चाको हत्यापछि कसैलाई शंका नहोस् भनेर आफैं नर्ससम्म पुगेर उजुरी गरेकी थिइन् । प्रहरीले पक्राउपछि महिलामाथि थप अनुसन्धान गरिरहेको छ । एजेन्सी
August 4, 2018 1:16 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै