Wednesday 1st April 2026

पाल्पाको ठिमुरेमा जिप दुर्घटना, दुई जना बेपत्ता

8 years अगाडी

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा आज साँझ जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक चलाउने रहेका छन्। चलाउनेको ठेगाना अझै खुल्न सकेको छैन।

ठिमुरेको नेटा बजारदेखि तानसेन आउँदै बा१च ८९७० नंको टोयटा जिप धारदीगैरामा दुर्घटना भएको हो । गाडी सडकदेखि करीब ७० मिटर तल खस्दा बेपत्ता बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

रिब्दीकोट गाउँपालिका–६, वडाध्यक्ष तुलबहादुर जिसीका अनुसार घटनास्थल निकै अप्ठ्यारो स्थानमा भएकाले उद्धारमा कठिनाई भएको छ। आइतबार बिहान ५ बजेदेखि नै उद्धार कार्य जारी राख्ने उनले जानकारी दिएका छन्।

          August 5, 2018 11:14 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...