मोबाइल हराएर तनावमा हुनुहुन्छ ? यसरी गर्नुस् अनलाइनबाटै उजुरी !
8 years अगाडी
Susma Dhakal
मोबाइल हराएर तनावमा हुनुहुन्छ ? हराएका मोबाइल पत्ता लगाउन यसअघि प्रहरी कार्यालय सम्म जानुपर्ने र त्यसका लागि नियमित धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको ‘इक्विपमेन्ट आइडेन्टी रजिस्ट्रर (उपकरण पहिचान दर्ता) परियोजना अन्तर्गत हराएको मोबाइल खोज्नका लागि अनलाइनमै दर्ता गर्न सकिने व्यवस्था लागू गरेको हो ।
मोबाइल हराएको छ भने ईआईआर डट एनपीमा लग इन गर्नुपर्छ । लग इन भइसकेपछि त्यसको तलपट्टि रहेको साइन अप बटन क्लिक गर्नुपर्छ । त्यसपछि दुईवटा विकल्प उपलब्ध हुनेछ । रातो रंगको पृष्टभूमिमा लेखिएको ‘इन्डिभिजुअल एप्लिकेसन’मा क्लिक गरेपछि यहाँ उल्लेख विवरण भर्नुपर्नेछ विवरणमा आईएमआई, ईएसएन अथवा एमआईडी नम्बरमध्ये एक उल्लेख गर्नुपर्नेछ ।
August 5, 2018 12:08 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...