Wednesday 1st April 2026

सुन तस्करीमा शरदसिंह भण्डारी पनि मुछिए

8 years अगाडी

काठमाडौं, २२ साउन । करिब तीन महिनासम्म देश ‘सुनमय’ भयो । चुडामणि उप्रेती ‘गोरे’ को समूहले विमानस्थलबाट सेटिङ मिलाएर पाँच वर्षदेखि सुन तस्करी गर्दै आएको खुलेपछि सरकारले विशेष अनुसन्धान टोली गठन गर्यो । सो टोलीले गत साता प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझायो प्रतिवेदन बुझाएसँगै सो प्रकरण सेलाएको छ । समितिले ३ सयभन्दा धेरै माथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवदेनमा औल्याएको छ । जसमा केही चर्चित व्यक्तिहरुको नामसमेत छ ।गृहमन्त्री रामबहादुर थापा ‘बालद’ले आफूहरु ठूला माछाको नजिक पुगेको भनेर बारम्बार बताउने गर्दथे । तर केही पनि चर्चित व्यक्तिहरु भने मन्त्री थापाले भनेझैं पक्राउ परेनन् ।

पक्राउ परेका मिजद पोद्दारले भने केही चर्चित व्यक्तिहरुको नाम समितिसमक्ष पोलेका छन् । समितिसँगेको सोधपुछका क्रममा नेताहरुको नाम समेत उनले पोलेको स्रोत बताउँछ । नेपालमा लामो समयदेखि हुन्डी कारोबारको राज चलाएको पोद्दारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भवन बनाइरहेका छन् कौडीको मोलमा जग्गा लिजमा लिएर उनले सो भवन निर्माण गरिरहेका छन् । जुन ठेक्का सेट्रिमा हात पारेको उनले बताएका छन् । त्यसका लागि नागरिक उड्डन प्राधिकरणदेखि पूर्व पर्यटनमन्त्री शरदसिंह भण्डारीसम्मलाई सेटिङ मिलाएको उनले बताएका छन् । मुख्य सेटिङकर्ताका रुपमा भण्डारीले सहयोग गरेको पोद्दारको दाबी छ ।

          August 7, 2018 3:55 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...