शाहरुख खानले लिए आफ्नो छोरीको बारेमा यस्तो रिक्स !
बलिउडमा किङ खानका नामले परिचित अभिनेता शाहरुख खानकी छोरी सुहाना खान चाँडै फिल्ममा डेब्यू गर्ने योजनामा छिन् । सुहाना सेलिब्रेटीका छोरा छोरीहरुलाई डेब्यू गराउन खप्पीस निर्माता निर्देशक करण जोहरकै फिल्मबाट डेब्यू गर्न चाहन्छिन् । तर उनका वुवा अभिनेता शाहरुख खानको भने अर्कै योजना रहेको बतायका छन् । शाहरुख खान स्रोतले पनि उनका जेठो छोरा अर्यानलाई फिल्ममा डेब्यू गर्ने अहिलेसम्म कुनै रुची नभएको तर छोरी सुहाना भने अभिनयमा करियर बनाउन इच्छुक रहेको पुष्टि गरेका छन् । सुहाना अहिले नियमित रुपमा थियटरमा काम गर्दै आएकी छिन् ।
शाहरुख र आमा गौरी दुवैजना छोरी सुहाना फिल्ममा अभिनय करियर शुरु गर्न तयार रहेकोमा आश्वस्त छन्,स्रोतले भन्यो । अहिले सुहानालाई डेब्यू गराउने सम्भावित निर्देशकमा करण जोहरको नाम अग्रपंक्तिमा रहेको छ । तर शाहरुख र गौरी भने अरुबाटै सुहानाको डेब्यू गराउने सोंचाइमा रहेको स्रोतको दाबी छ । त्यसो त बलिउडका हस्ती निर्देशकहरु सञ्जयलीला भन्सालीदेखि सुजोय घोषसम्म सुहानालाई डेब्यू गराउन इच्छुक देखिएको शाहरुख स्रोतको दाबी छ ।
August 9, 2018 1:37 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले