Wednesday 1st April 2026

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थललाई थप जग्गा अधिग्रहण गर्ने

8 years अगाडी

पोखरा, २५ साउन । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजनाले थप जग्गा अधिग्रहण गर्न भएपछि पोखरा १४ चाउथेका बासीन्दा आन्दोलीत भएका छन् । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई पोखराले थप जग्गा अधिकरण गर्ने भन्दै सुचना वडामा पठाएपछि स्थानीयहरु आन्दोलीत भएका हुन् ।आयोजनाले विमानस्थल निमार्णका लागि थप जग्गा आवश्यक परेको भन्दै अधिकरण गर्न लागेको जनाएको छ । आयोजनाले थप ४ सय रोपनी भन्दा बढि जग्गा अधिग्रहणका लागि वडा कार्यालयलाई पत्रपठाएको छ । अधिकरण गर्ने भनिएको थप जग्गामा करिब १ सय ५० भन्दा बढि घरहरु रहेका छन् ।

स्थानीले पटक पटक जग्गा अधिकरण गर्दा मानिसहरुको उठिबास भएको बताएका छन् । स्थानीय संर्घष समितिका संयोजक गनेश पौडेलले एउटै आयोजनाले एकै व्यक्तिलाई पटक पटक उठाएर उठिबास बताएको बताए । उनले एउटै व्यक्ति आयोजनाले गर्दा चारपटक सम्म सर्नु पर्ने अवस्था आएको बताए । आयोजनालाई विमानस्थलको ह्याङ्गर, आयल डिपोट, ग्लाईडपथ निमार्णका लागि जग्गा आवश्यक भएपछि जग्गा अधिकरण गर्न लागेको आयोजनाका वरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलले जानकारी दिए । उनले सर्वे गरि सकेपछि कति जग्गा विमानस्थललाई आवश्यक हुन्छ त्यती नै जग्गा आयोजनाले अधिकरण गर्ने बताए ।

          August 10, 2018 10:25 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...