Tuesday 31st March 2026

छोरा अपहरणमा पर्‍यो भनी झुक्याउँदा आफै प्रहरी फन्दामा

8 years अगाडी

काठमाडौं, साउन । अपहरणमा परी हत्या भएका भक्तपुरका निशान खड्काको घटनापछि प्रहरीले अपहरणकारीलाई पनि इन्काउन्टरमा मारेको घटनाले अहिले मुलुकमा प्रहरीमाथि पनि टिकाटिप्पणी भइरहेको छ । त्यस्तैमा राजधानीका अर्का व्यक्तिले पनि आफ्नो छोरा अहरणमा प¥यो भनी प्रहरी कन्ट्रोल रुमलाई फोन गरे । तर त्यो प्रहरी भ्रम छर्न मात्रै गरिएको सावित भएको छ ।

बैतडीको पाटन नगरपालिका ६ घर भई हाल काठमाडौंको कपन बस्ने राकेश विष्टले साउन २३ गते प्रहरी कन्ट्रोलको टेलिफोन नम्बर १०० मा फोन गरी आफ्नो छोरा नरेश विष्ट अपहरणमा परेको जानकारी गराएका थिए । त्यसपछि राकेशलाई कार्यालयमा नै बोलाएर सोधपुछ गर्दा उनले गलत सूचना दिएको खुलेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

          August 10, 2018 10:56 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...