विराट कोहलीका कारण यसरी बन्दैछिन् अनुष्का शर्मा ट्रोल
साउन । बलिउड अभिनेत्री अनुष्का शर्मा अहिले सामाजिक सञ्जालमा ट्रोल बनेकी छिन् । अनुष्का ट्रोल बन्नुको पछाडी उनकै श्रीमान् भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली रहेका छन् ।पूरै टीम इन्डियाको साथ हाल लण्डनमा पुगेका कप्तान विराट कोहली सहितलाई त्यहाँ स्थित भारतीय उच्च आयोगले डिनर पार्टीका लागि निमन्त्रणा दिएको थियो । यसैक्रममा टोलीको साथमा अनुष्का पनि उपस्थित थिइन् ।
डिनर पार्टीको अवसरमा लिएको एक तस्वीरलाई बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया बीसीसीआइले ट्वीटरमा शेयर गरेको थियो । उक्त तस्वीरमा टीम इन्डियाका खेलाडीहरुको साथमा अनुष्का पनि देखिएकी छिन् । हरियो रंगको परम्परागत कपडामा उनी कप्तान नजिक तस्वीरको केन्द्र मागमा देखिएकी छिन् ।बीसीसीआइले तस्वीर शेयर गरे लगत्तै धेरै ट्वीटर प्रयोगकर्ताहरुले प्रश्नको ओहिरो लगाएका थिए । प्रयोगकर्ताहरुले टीम इन्डियाको तस्वीरमा अनुष्काको उपस्थितिमाथि व्यंग्य र प्रश्नहरु उठाएका थिए । कतिपयले उप कप्तान अजिंक्य रहाणेलाई पछिल्लो पंक्तिमा उभिएको नोटिस गर्दै आलोचना पनि गरेका थिए ।
एकजना प्रयोगकर्ताले अनुष्का शर्मा कहिलेबाट टीम इन्डियामा प्रवेश गरेको प्रश्न गरेका थिए । अर्को एकजनाले उपकप्तानलाई पछिल्लो पंक्तिमा राखेर कप्तानको श्रीमतीलाई पहिल्लो पंक्तिमा राख्ने भन्दै अनुष्कालाई केही दिन अघि सार्वजनिकरुपमा आदर्शको लेक्चर दिएको कुरा याद गराएका छन् ।बीसीआइ क्रिकेटका लागि भएको बलिउडका लागि नभएको भन्दै अरुलाई तस्वीरमा नदेखाउन एकजनाले प्रतिक्रिया दिएका छन् ।त्यस्तै अन्यले त्यस्तो तस्वीरलाई स्वीकार नगर्ने बताएका छन् । एजेन्सी
August 10, 2018 12:37 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले