Tuesday 31st March 2026

दुई जनामाथि फेक इन्काउन्टर हो भन्दै चौतर्फी हल्ला भएपछि गृहमन्त्री रामबहादुर थापाले प्रहरी माथि लिने भए यस्तो एक्सन !

8 years अगाडी

गृहमन्त्री रामबहादुर थापाले पेप्सीकोला टाउन प्लानिङका बालक निशान खड्काको अपहरण गरी हत्या गर्ने दुई जनामाथि ‘इन्काउन्टर’ भएको घटनामाथि छानबिन भइरहेको बताएका छन् ।संसद्को‍ राज्यव्यवस्था समितिको बिहीबार बसेको बैठकमा सांसदहरूले पक्राउ परिसकेका दुई अपहरणकारीलाई प्रहरीले किन ‘फेक इन्काउन्टर’ गरी हत्या गरेको भनी प्रश्न उठाएपछि मन्त्री थापाले उक्त जानकारी दिएका हुन् । ‘छानबिन सकिएपछि यही समितिमा जानकारी गराउनेछु,’ उनले भने । गृहमन्त्री थापाले छानबिन कसले, कसरी गरिरहेको छ भन्नेबारे भने केही खुलाएनन् । कांग्रेस सांसद देवेन्द्रराज कँडेलले ‘फेक’ इन्काउन्टर हो भन्ने सञ्चार माध्यममा समाचार आइरहेको उल्लेख गर्दै स्पष्ट पार्न गृहमन्त्रीसँग माग गरेका थिए । कँडेलले यस विषयमा प्रहरी महानिरीक्षकलाई समेत समितिको बैठकमा बोलाएर जवाफ माग्नुपर्ने बताए ।

‘इन्काउन्टर’ घटनाबारे गृहमन्त्रीलाई ब्रिफिङ : नेपाल प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाले बालकको अपहरण र हत्या घटनामा संग्लन गोपाल तामाङ र अजय तामाङ मारिएको घटनाबारे गृहमन्त्री रामबहादुर थापालाई जानकारी गराएका छन् । महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहसहितको टोलीले बिहीबार गृह मन्त्रालय पुगेर गृहमन्त्रीलाई दोहोरो मुठभेडमा प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा अपहरणकारीको मृत्यु भएको दाबी गरेका थिए

गृह स्रोतका अनुसार एसएसपी सिंहले घटनाको पृष्ठभूमि उल्लेख गर्दै प्रहरीले गोली चलाउनुपर्ने बाध्यात्मक अवस्था आएको बताएका थिए । इन्डोनेसियाको बालीमा आयोजित ‘ मानव तस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा पुगेर बुधबार मात्रै फर्केका गृहमन्त्रीलाई एसएसपी सिंहले भेटेका हुन् । गृह स्रोतका अनुसार गृहमन्त्रीले घटनाको वस्तुस्थिति र अवस्थाबारे चासो राखेका थिए भने एसएसपी सिंहले गोली चलाउनैपर्ने अवस्था कसरी आयो भनेर तर्क राखेका थिए ।

अपहरणमा संग्लन दुईको मृत्यु प्रहरीसँगको मुठभेडमा भएको दाबी महाशाखाले गरे पनि अपहरणकारीको डेरा क्षेत्रका बासिन्दाले सादा पोसाकका प्रहरीले दुवैलाई समातेर लगेको बताइरहेका छन् । नगदेशका स्थानीयले प्रहरीले मृत बालक पुरेको जग छेउको खाडल पहिचान गरेपछि दुवैलाई डेराभित्रै थुनेर कुटेको र त्यसलगत्तै गाडीमा राखेर लगेको बताउँदै आएका छन् । बुधबार मात्रै मृतक दुई युवकका अभिभावकले घटनामाथि अनुसन्धान गर्न माग राख्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गराएका छन् ।

          August 10, 2018 1:34 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...