‘नाई नभन्नु ल ५’ मा तीन हिरोइनले धोका दिएपछि निर्देशक तनावमा !
काठमाडौंः निर्देशक विकासराज आचार्यले चलचित्र ‘नाई नभन्नु ल ५’ मा ३ चर्चित नायिकालाई अनुवन्ध गर्दा सोचेका थिए होलान्, पब्लिसिटीमा राम्रै फाइदा हुन्छ । तर, चलचित्र रिलिज हुन करिब २ साता मात्र बाँकी रहँदा विकासले कुनै पनि नायिकाहरुबाट सोचेको साथ पाएका छैनन् । चलचित्रकी मुख्य नायिका स्वस्तिमा खड्का शुक्रबारदेखि नयाँ चलचित्र ‘बुलबुल’ मा व्यस्त हुँदैछिन् । यो चलचित्रमा समय दिनुपर्ने भएकाले अब स्वस्तिमासँग ‘नाई नभन्नु ल ५’को पब्लिसिटीका लागि समय छैन ।
अर्की नायिका केकी अधिकारी अमेरिकामा छिन् । उनीसँग पनि यो चलचित्रका लागि समय छैन । आफैले लगानी गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’का लागि दिनरात नभनी दौडिएकी केकीले ‘नाई नभन्नु ल ५’का लागि समय छुट्याउन आवश्यक ठानिनन् ।हुनत, यो चलचित्रको मुख्य नायिका उनी होइनन् चलचित्रले राम्रो व्यापार गर्यो भने त्यसको क्रेडिट केकीले लिन खोज्छिन् या के गर्छिन् हेर्न बाँकी छ ।
यता ‘नाई नभन्नु ल’को दोश्रो सिरिजदेखि लगातार काम गरिरहेकी नायिका प्रियंका कार्की मिडिया फेस गर्ने मुडमा छैनन् । यसको पछाडि कारण छ । चलचित्र ‘कथा काठमाण्डु’मा प्रियंकाले दिएको उत्तेजक दृश्यको कारण उनको चर्को आलोचना भैरहेको छ ।प्रचारमा हिँड्दा यही विषयमा बढि प्रश्न आउन सक्ने भएकाले उनी केही समय मिडियासँग दुरी बनाउन चाहन्छिन् । त्यसैले उनले ‘नाई नभन्नु ल ५’ को प्रचारमा हिड्न नसक्ने जानकारी गराइसकेकी छिन् । उनी कति समय मिडियाबाट भाग्छिन् हेर्न बाँकी छ ।
तर, चलचित्रका निर्देशक विकासराज आचार्य भने ३ नायिकाको विषयमा केही नबोल्ने बताउँछन् । चलचित्रको ‘बालापन’ बोलको गीतको भिडियोमा पनि विकासले ३ नायिकालाई पनि नृत्य गराउन चाहेका थिए । तर, तिनै जनाले समय दिन नसकेपछि गीतको भिडियोमा अनुभव र सेड्रिनालाई मात्र अभिनय गराइएको छ ।
August 11, 2018 11:26 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले