भारत छोडेपछि रिसाएका सलमानलाई यसरी फकाउँदैछिन् प्रियंका, सुध्रिएला त सम्बन्ध ?
मुम्बइ। केही समयदेखि एउटा समाचारले निकै चर्चा पाइरहेको छ । प्रियंका चोपडाले भारत फिल्म छोडेपछि सलमान खान रिसाएका छन् । यहाँसम्म कि सलमानले प्रियंकाकी आमा मधु चोपडालाई डिजाइनर मनिष मल्होत्राको कार्यक्रममा बेवास्तासमेत गरे । यस विषयमा प्रियंकाकी आमासँग पनि मिडियाले कुरा गर्न चाहे तर उनले यस विषयमा केही पनि भन्न अस्वीकार गरिन् ।
यही बीचमा प्रियंकाले एउटा ट्वीट गरेकी छिन् जसलाई सलमान खानसँग जोडेर हेरिएको छ । सलमान खानका बहिनी ज्वाइँ आयुष शर्मा बलिउड डेब्यू गर्दैछन् । उनको डेब्यू फिल्म लभरात्रीको ट्रेलर केही दिनअघि रिलिज भएको थियो । प्रियंकाले यो ट्रेलर हेरिन् र सलमानका ज्वाइँलाई बलिउडमा स्वागत गरिन् । प्रियंकाको यो ट्वीट देख्दा उनले सलमानलाई फकाउन चाहेको अनुमान गरिएको छ ।
प्रियंकाले ट्वीटमा लेखेकी छिन् ‘मेरा मित्रलार्ई फिल्ममा स्वागत छ । यो ट्रेलर हेर्दा यस्तो लाग्छ कि तिम्रो बलिउडमा शानदार डेब्यू हुनेछ । वारिना हुसैनलाई पनि धेरै शुभकामना । लभरात्री टिमलाई धेरै माया ।’ प्रियंकाको यो ट्वीटले बलिउडमा खल्बली मच्चिएको छ । अब यस विषयमा सलमानको प्रतिक्रिया के हुन्छ भन्ने सबैको प्रतिक्षाको विषय बनेको छ ।
August 11, 2018 12:01 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :