जानी राखौ,आज राति आकाशमा देखिने छ अद्भूत दृश्य !
आइतबार राति उल्कापात हुँदैछ। मौसम सफा रहेमा आइतबार राति र सोमबार बिहानसम्म प्रतिघण्टा ६० देखि एक सयबीचमा उल्का खस्ने अनुमान गरिएको छ। केही समयदेखि उल्का खस्ने भएपनि आइतबार राति र सोमबार बिहान यो वर्षको उच्च बिन्दुमा पुग्न लागेको हो। यायती उत्कापात हो।अाकाश खुला रहे याे उल्कापात काठमाडाैंसहितका ठाउँबाट हेर्न सकिनेछ।एक घण्टामा ५० वटाभन्दा बढी उल्का खसे त्यसलाई उल्कापात भनिन्छ। उल्का आकाशको जताबाटै पनि खस्सेको देखिन्छ। तर आकाशमा धेरै अँध्यरो भएको स्थानतिर हेर्दा राम्रो देखिन्छ। प्रदूषण र प्रकाशको कारण हुने प्रदुषणको कारण खगोलीय गतिविधिमा आकाशमा कम देखिन थालेका छन्।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरीक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन्। यसैलाई हामी उल्कापात भन्दछौं। सूर्यलाई परिक्रममा गर्ने क्रममा १ सय ३३ वर्षअघि पुच्छ्रेतारा स्विफ्ट टटलको छाडेको कणहरु हुन्। यो अन्तरीक्षमा रहेको स्थानमा साउन महिनाको अन्त्य र भदौको शुरुमा पृथ्वी पुग्छ। सन् २००८ देखि २०१३ सम्म विभिन्न उल्कापात हरुको खिचिएको हजारौ तस्वीरहरुको नासाले गरेको यायती उल्कापात मा अन्य उल्कापात भन्दा चम्किलो देखिने गरेको जनाए छ । उल्कापात हुँदा कण र भट्टानहरु प्रति सेकेन्ड ६० किमीको गतिमा बायुमण्डलमा प्रवेश गर्ने छ। उल्कापात लाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा ‘तारा पोइल गएको’ पनि भनिन्छ।
August 12, 2018 11:17 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :